सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट एक युवती ७ दिनदेखि वेपत्ता

२०७६ फाल्गुन २९, १२:४१

धनगढी : कैलालीबाट एक युवती वेपत्ता भएकी छिन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्वर १ बेलार बस्ने २० बर्षीय कमला जैशी फागुन २२ गतेदेखि वेपत्ता भएकी हुन्।

कमलाका ससुरा पुष्प पोखरेलका अनुसार २२ गते साँझ ६ बजे पहलवानपुर बजार गएकी उनी वेपत्ता भएकी हुन्। खोजीका लागि आफन्तले ईलाका प्रहरी कार्यालय सुख्खडमा निवेदन दिएका छन्। उनको माघ २ गते विवाह भएको थियो। 
 

कमेन्ट लोड गर्नुस