सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जीपबाट खसेर एक जनाको मृत्यु

२०७६ फाल्गुन २७, ०४:४० खबर संवाददाता

धनगढी : कैलालीमा बोलेरो जीपबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–५ शितलपुरमा जीपबाट खसेर अछाम रामारोशनका २६ बर्षिय एकेन्द्र बहादुर बटलाको मृत्यु भएको हो।

पश्चिमबाट पूर्व तर्फ गईरहेको से १ च १०३४ नम्वरको जीपको ढोकाबाट खसेर उनको मृत्युु भएको प्रहरीले जनाएको छ। उनकोको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो। 
 

कमेन्ट लोड गर्नुस