कैलालीमा बोक्सी आरोपमा महिलामाथि महिलाद्वारा नै कुटपिट
कैलाली: कैलालीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपिट भएको छ। आइतबार जिल्लाको गोदावरी नगरपालिका– ९ धनचौरीका की एक महिलामाथी स्थानीय सीता चौधरीले बोक्सी भएको भन्दै कुटपिट गरेकी छन्।
पीडित महिला बैठकबाट घर फर्किने क्रममा पीडक चौधरीले बोक्सी आयो भन्दै बाटोमै लुछातानी गर्दै ढुंगाले हिर्काएको प्रहरीले जनाएको छ।
घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।