गन्तव्य एजुकेशन कैलालीका निर्देशकले दृष्टि फाण्डेसनमा मनाए जन्मदिन
धनगढी : गन्तव्य एजुकेशन फाण्डेसन कैलालीका कार्यकारी निर्देशक मुकेश वहादुर सिंहले दृष्टि फाण्डेसनमा जन्मदिन मनाएका छन्। उनले जन्मदिनको अवसरमा चामल, दाल, तेल लगायका खाद्यान्न सामाग्री सहयो गरेका हुन्। दृष्टि फाउण्डेसनले आश्रय दिएका असहाय एवं मनोरोगीहरुको सहयोगार्थ खाद्यान्न लगायतका समाग्री हस्तान्तरण गरिएको हो।
गन्तव्य एजुकेशन फाउण्डेसन कैलालीले होटेल म्यानेजमेन्टको अध्ययन तथा तालिम, वैदेशिक अध्ययनका लागि परामर्श दिने तथा क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्दै आएको छ।