वित्तिय साक्षरताले मात्र लघुवित्तको भविष्य जोगाउन सक्छ
नरेन्द्र सिहँ बोहरा
लघुवित्त भन्नाले सानो वित्तिय सेवा हो, जसले जनताका घर दैलोमा गएर प्रत्यक्ष सेवा दिने गर्दछ। नेपालमा लघुवित्त कार्यक्रम सुरुवात गर्ने व्यक्ति नेपाल राष्ट्रिय बैकंका पूर्व डेपुटी गभर्नर डा. हरिहरदेव पन्त थिए। उनी बंगलादेश भ्रमणमा जाँदा मोहम्मद युनिसको कामबाट प्रभावितभई नेपालमा पनि गरिव विपन्न परिवार भएकाले त्यस्तै कार्यक्रम चलाउन सकिन्छ भन्ने निष्कर्ष पुगेका थिए।
तत्पश्चात उनले २०४७ चैत २७ गते निर्धन नामक गैरसहकारी संस्था समाज कल्याण परिषद्मा दर्ता गराए। त्यसैसमयमा निर्धन संस्थाले रुपन्देहीमा रहेको सिक्टहन गाविसको बिर्ता भन्ने गाउँमा नेपाल राष्ट्र बैकंबाट इजाजत प्राप्तगरि पहिलो शाखा कार्यालय खोलेको थियो। त्यसपछि २०४९ चैैत १ गते रुपन्देहीको सिक्टहनमा विनाधितो सामुहिक जमानिमा प्रथम कर्जा वितरण गरेर देशमै पहिलो लघुवित्त संस्था स्थापना भएको थियो।
लघुवित्तको वर्तमान अवस्था पहिलेकोभन्दा धेरै फरक छ। अहिले सयको हाराहारिमा वित्तिय संस्थाहरु कारोबार गरिरहेका छन्। पवित्र उदेश्य बोकेका लघुवित्तहरुलाई अहिले समाजको हेर्ने नजर परिवर्तन भएको छन्। लघुवित्तको यस्तो अवस्था आउनुमा स्वयं लघुवित्त, यसका ग्राहक र समाजका साहुमहाजनहरुको भुमिका रहेको देखिन्छ। गरिव र विपन्न परिवारको जिवनस्तर उकास्न लघुवित्तहरुको स्थापना भइरहँदा त्यसको प्रत्यक्ष फाइदा पनि गरिव तथा विपन्न परिवारले लिइरहेका थिए।
स्थानीय गरिव परिवारका महिलाहरु यो सेवा पाएकोमा हर्षित थिए भने स्थानीय साहुमहाजनहरु रुष्ट थिए। कारण एउटै थियो, उनीहरुले सयकडा २ देखि सयकडा ५ सम्म ब्याज लिन पाएनन्। त्यसपछि गरिव वर्गलाई त्रृmणदिई हलिया, दास, कमारा बनाउन नपाएपछि र उनीहरुको जमिन र सम्पति आफ्नो बनाउन नपाएपछि ती साहुहरुले लघुवित्तप्रति नकरात्मक अफवाह फैलाउदै गए।
तर समयको मागसँगै विभिन्न लघुवित्तहरुको स्थापना हुँदै गयो। गरिवी न्युनिकरणमा लघुवित्तले ठुलो सहायता गर्न थाल्यो। हेर्दाहेर्दै नेपालमा लघुवित्त स्थापना भएको २७ वर्ष पुरा हुन लागेको छ। समयअनुसार लघुवित्तहरुले आफुलाइ परिवर्तन पनि गरिरहेका छन् तर समस्या पनि दिनहुँ बढ्दै गइरहेका छन्। भाका नाघेको कर्जामा वृिद्ध भइरहेको छ। त्योसँगै नकरात्मक टिकाटिप्पणीहरुले यो क्षेत्रमा कार्यरत कर्मचारीहरुको मनोबलमा समेत प्रत्यक्ष असर गरिरहेको छ।
संस्कृतमा एउटा श्लोक छ– ‘अल्प ज्ञानम् भयङ्करम।’ लघुवित्तको इतिहासका पनि त्यसको प्रभाव रहेको छ। मैले यो श्लोकलाई यसलाई यसअर्थमा लघुवित्तमा दाँज्न खोजको छु की लघुवित्तका ग्राहक भनेका विपन्न वर्ग हुन। तर ती वर्गमा वित्तिय ज्ञान कम हने गर्दछ फलस्वरुप त्यसको फाइदा समाजका केहि बाठा अगुवा वर्गहरुले लिइरहेका छन्।
ती वाठाहरुले सोझासाझा जनतालाई लघुवित्तको क्रृण लिएर नतिर्दा पनि हुन्छ, लघुवित्त सामन्ती वर्ग हुन्, यीनिहरुलाई समाजबाट लखेट्नु पर्दछ भन्ने जस्ता नकारात्मक सन्देशहरु दिइ उक्त रकमको दुरुपयोग गरिरहेका छन्। त्यसैले लघुवित्तको शाख जोगाउने जिम्मा अब लघुवित्त, यसका कर्मचारी, सञ्चार माध्यम र स्वयंम ग्राहकहरुको रहने छ।
देशमा तीन तहको सरकार आइसकेपछि अब प्रत्येक ठाउँमा स्थानीय सरकारहरु छन्। तर लघुवित्तको सवालमा कतिपय ठाउँका स्थानीय सरकारका प्रतिनिधिहरु सकरात्मक छन् भने कतिपय ठाउँमा नकरात्मक रहेका छन्। त्यसैले अब हरेक ठाउँका लघुवित्तका सकरात्मक कुरालाई पहिचान गर्नको लागि र लक्षित वर्गलाई समेटेर सकरात्मक बनाउन जरुरी छ।
प्रत्येक ठाउँका सर्वप्रथम त कर्मचारीहरु सकरात्मक हुनु जरुरी रहेको छ। त्यसपछि केन्द्रिय कार्यालय, स्थानीय निकायहरुसँगको सहकार्यमा प्रत्येक ठाउँमा समेटिएका ग्राहक र लक्षित वर्गलाई पहिचानगरि वित्तिय साक्षरता कार्यक्रम गरेर जनचेतना फैलाउन सके लघुवित्तको औचित्य बचिरहने छ। र एकदिन त्यस्तो आउने छ जब लघुवित्तको माध्यमबाट देशले कोल्टे फेर्ने छ।
(लेखक बोहरा हालइन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड कैलाली– १२ जुगेडा शाखा कार्यालय चौमालामा शाखा प्रमुखको रुपमा कार्यरत छन्।)