धनगढीमा ह्याप्पीनेसद्धारा नारी दिवसको अवसरमा प्याड र जुस वितरण
धनगढी: सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्फ फर ह्याप्पिनेस सुदूरपश्चिमले अन्तराष्ट्रिय नारी दिवको अवसरमा प्याड र जुस वितरण गरेको छ। सेती प्रादेशिक अस्पतालको प्रसुती वार्डमा भर्ना भएका महिलाहरुलाई हेल्फ फर ह्याप्पिनेस टीम सुदूरपश्चिमले प्याड र जुस वितरण गरेको हो।
कारोना भइरसबाट सतर्क रहन सरकारले नै जमघट गरेर सभासमारोह आयोजना नगर्न निर्देशन दिएका कारण अस्पतालमा भर्ना भएका महिलाहरुलाई प्याड र जुस वितरण गरिएको हेल्फ फर ह्याप्पिनेस टिम सुदूरपश्चिमकी आर्थीक कोष उपसमिति सदस्य अभिलाशा भण्डारीले बताइन्।