सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा १२ बर्षीय बालकको कुटपिटबाट डेढ वर्षका भाइको मृत्यु

२०७६ फाल्गुन २४, ०८:०४ खबर संवाददाता

धनगढी: कैलालीमा १२ वर्षीय बालकको कुटपिटबाट डेढ वर्षका भाइको मृत्यु भएको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ४ मा १२ वर्षीय बालकले आफ्नै डेढ वर्षका भाईको कुटपिट गरेपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

आमा जंगलमा घास दाउरा गर्न गएका बेला उनले भाईलाई हात र लठ्ठीले कुटपीट गरी घाईते बनाएपछि उपचारका क्रममा अस्पताल लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले दिनेश खबरलाई जानकारी दिए।

१२ बर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ। मृतक, १२ वर्षीय बालकका सौतेला भाई हुन्। मृतकका बुबा रोजगारीको सिलसिलामा भारतमा रहेको प्रहरीले जनाएको छ। मृतकको शव परिक्षणका लागि सेती प्रादेशिक अस्पताल ल्याउन लागेको प्रहरी नायब उपरिक्षक बस्नेतले दिनेश खबरलाई  बताए। 

कमेन्ट लोड गर्नुस