सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा लाचार प्रतिपक्ष

फाइल फोटो :प्रदेश सरकारको रातो किताब जलाउँदै प्रतिपक्ष दल
फाइल फोटो :प्रदेश सरकारको रातो किताब जलाउँदै प्रतिपक्ष दल
२०७६ फाल्गुन १०, ११:४२ कमल सावद

गत असारमा असन्तुलित र कार्यकर्तामुखी बजेट ल्याएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले सुदूरपश्चिम प्रदेश सरकारको रातो किताब जलायो। चालु आर्थिक वर्षको बजेट वितरणमुखी भएको भन्दै रातो किताब मात्र जलाएन की २५ दिन सम्म लगातार प्रदेशसभा बैठक चल्न दिएन।

तर पछि उक्त मुद्धा पनि बार्गेनिङमै टुङगियो। प्रतिपक्षीको माग अनुसार सरकारले न बजेट संशोधन ग¥र्यो न त वितरणमुखी भनिएका योजना रातो किताबबाट हटायो। त्यसमा प्रतिपक्षी दललाई डल्लो भनिएको बजेटबाट भाग मिलेपछि उनीहरु चुप लागेको चर्चा हुने गरेको छ। फलस्वरुप प्रदेश सरकार समक्ष प्रतिपक्षी लाचार देखियो।

प्रतिपक्ष लाचार भएकै कारण अहिले सम्म कुनै स्थापित गर्न सकेको उदाहण छैन्। प्रदेशको राजधानी गोदावरीको जंगलमा राख्ने निर्णयलाई लिएर पनि प्रतिपक्षी दलले सडक र संसद ततायो। गोदावरीको जंगलमा पुगेर रुखहरुलाई अगालो हाल्दै कांग्रेसका सांसदले खिचेका तस्बिर पनि केही समय भाईरल भए। तर सरकारले उक्त निर्णय प्रदेशसभाबाट पारित गरेरै छोड्यो।

राजधानीलाई लिएर कांग्रेसले आन्दोलन गर्नुलाई कतिपयले भविष्यमा राजनीतिक एजेण्डा बनाउनका लागि मात्रै भएको टिप्पणी समेत गरे। प्रदेश सरकार गठन भएको दुई वर्षको अवधीमा प्रतिपक्षीको झल्को दिने यी दुई असफल मुद्दा मात्रै हुन्।

सुदूरपश्चिम प्रदेश सभामा रहेका प्रतिपक्षी दल काँग्रेस र राजपाका कतिपय सासंद बोल्दै नबोल्ने छन् भने बोल्ने सासंद पनि समझदारी गरेर चुप बस्ने परिपाटीका कारण सरकारमा बेथितीले प्रसय पाएको छ। तर प्रदेश सरकारले दुई वर्षमा जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप प्रतिपक्षले लगाएका बेला एउटा मुद्दामा पनि अडान कायम राख्न सकेको नसकेको हो।

राष्ट्रिय जनता पार्टीबाट प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरीले एक मुद्दा पनि प्रतिपक्षले स्थापित गर्न नसकिएको स्वीकार गरे। उनले भने, ‘प्रतिपक्ष दलले विरोध गर्दै आएका छाँै। तर सत्तापक्षले सुनेको छैन्।

नेपाली काँग्रेसका प्रदेश सभासदस्य भरतबहादुर खड्काले विरोध गर्नैका लागि विरोध गर्न नहुने बताए। राजनीतिक मुद्दा स्थापितको समय गएको छ। उनले भने, ‘दलहरु मिलेर विकास गर्नुपर्ने समय हो। हाकीले पनि सहकार्य गर्नुपर्छ ठानेका थियाँ। सोही अनुसार काम गरेका थियाँै।

प्रदेश सरकार मनोमानी गर्दैछ। हामीले दिएको सुझाव पनि प्रदेश सरकारले सुनेन्।’ सुदूरपश्चिम प्रदेशमा १० नेपाली काँग्रेस र दुई राष्ट्रिय जनता पार्टी राजपाका प्रदेशसभा सदस्य छन्। उनीहरुले दुई वर्षको अवधीमा पटक–पटक प्रदेश सरकारका गतिविधिमाथि प्रश्न त गरे तर पछि प्रदेश सरकार समक्ष लम्पसार भएर सरकारलाई सही सावित गर्न सहयोग गरे।

कतिपय प्रदेश सरकारका गतिविधिमाथि सत्तारुढ दलका सासंद खरो रुपमा प्रस्तुत भए तर सोही गतिविधिमा प्रदेश सरकारप्रति काँग्रेस र राजपा उद्दार देखियो। नेपाली काँग्रेसको संसदीय दलका नेता डाक्टर रणबहादुर रावललाई पनि आफूहरुको कुनै मुद्दा अहिले सम्म स्थापीत भएको सम्झना छैन्।

उनले स्थायी राजधानी र नामाकरणको मुद्दामा काँग्रेसले सबै भन्दा बढि विरोध गरेको बताए। चालु आर्थिक वर्षको बजेटमा पनि विरोध गरेपछि भद्र सहमती गरेको सुनाए। विरोध गर्नैका लागि विरोध गरेका छैनौ। उनले भने, ‘प्रतिपक्षले पनि सरकार सञ्चालनमा सहयोग गर्ने हो। तर दुई वर्ष भएको छ।

सरकारले कुनै पनि काम गर्न सकेको छैन्। ठुला भ्रष्टाचारमा मात्र प्रदेश सरकार अघि छ। अन्य कुरामा सुस्त छ।’ सुदूरपश्चिम प्रदेशमा आर्थिक हिनामिना तथा सार्वजनिक महत्वका विषयमा प्रतिपक्ष दलहरुले प्रदेश सभामा आवाज उठाउदै आएका छन्। सुनुवाई भने भएको छैन्।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस