सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ

२०८३ असोज २७, ०८:३३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

जिल्लाको बेदकोट नगरपालिका–१० शिद्धनाथ चोक स्थित लागूऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा सोही ठाउँ बस्ने वर्ष ३२ को यादव शाहुको घरकोठा खाँनतलासी गर्दा कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागूऔषध खैरो हेरोइन जस्तो १४ ग्राम ६९० मिलिग्राम फेला पारी सोही कोठा भित्र रहेका बेदकोट नगरपालिका–१ बस्ने ३० वर्षीय मुकेस मल्ल र बेदकोट नगरपालिका–३ बस्ने ३२ वर्षीय महेन्द्र चन्दसहित तिनै जनालाई सोमबार दिउँसो पक्राउ गरेको हो।  

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट दैजी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस