सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा चट्याङमा परेर एक बालकको मृत्यु

२०७६ फाल्गुन १०, ११:३९ खबर संवाददाता

अछाममा चट्या परेर एक जनाको मृत्यु भएको छ। अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ४ जैसुरको मिलनचोकमा रहेको धर्म कामीको घरमा शुक्रबार राति चट्याङ पर्दा उनका १४ महिने छोरा रोहित कामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। धर्मकी २४ वर्षीया श्रीमती चन्द्रा कामी गम्भीर घाइते भएकी छन्।  
यस्तै धर्मका छिमेकीको गोठमा समेत चट्याङ पर्दा तीनवटा गोरु मरेका छन्। 
 

कमेन्ट लोड गर्नुस