कैलालीमा आगलागीबाट बृद्धको मृत्यु
२०७६ फाल्गुन ७, ०३:५१
कैलालीमा आगलागीबाट एक बृद्धको मृत्यु भएको छ। टीकापुर नगरपालिका वडा नम्बर ७ सत्तीमा आगलागीबाट ७० वर्षीया लालबहादुर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले बताए।
मंगलबार दिउँसो सत्ती कर्णाली सामुदायिक वनसँग जोडिएको निजी खरबारीमा आफैले लगाएको आगो सल्किदा भैँसी चराउन गएका भण्डारीको मृत्यु भएको प्रहरी निरिक्षक कार्कीले बताए।
कमेन्ट लोड गर्नुस