सुदूरपश्चिम प्रदेश सरकारले मनायो ७०औँ प्रजातन्त्र दिवस
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले पनि ७०औँ प्रजातन्त्र दिवस मनाएको छ। बुधबार बिहान धनगढीमा प्रभात फेरिको आयोजना गर्दै कबर्डहल भित्र कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो।
उक्त कार्यक्रममा सुदूरपश्चिमका विभिन्न संस्कृती प्रस्तुत गरिएको थियो। साथै उक्त कार्यक्रममा प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने शहीदप्रति प्रार्थना र उनीहरुको स्मरण समेत गरिएको छ। कार्यक्रममा सुदूरपश्चिमका प्रदेश प्रमुख शर्मीला पन्त, मुख्यमन्त्री त्रिलोचन भट्ट, विभिन्न मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वड, मन्त्रालयका सचिव तथा कर्मचारीहरु, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको सहभागिता रहेको थियो।
एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य गर्दै प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा फागुन ७ लाई नेपालमा प्रजातन्त्र दिवसको रुपमा मनाइदै आएको छ।