सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा रोकेको बसमा अटो ठोक्किदा ३ जना घाईते

२०७६ फाल्गुन ७, ०८:२६ खबर संवाददाता

कैलालीको अत्तरियामा रोकेको बसमा अटो रिक्सा ठोक्किदा तीन जना घाईते भएका छन्। अत्तरिया स्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय नजिकै मंगलबार पश्चिमबाट पूर्व जादै गरेको अवस्थामा रोकेर राखेको म १ख ६६४ नम्बरको बसमा से१ ह ५५७ नम्बरको अटो ठोक्किदा तीनजना घाईते भएका हुन्।

घाईते हुनेमा घोडाघोडी नगरपालिका वडा नम्बर २ का ३५ वर्षीय नरेश सुनी, ३७ वर्षीय बमबहादुर लुहार र कञ्चनपुरको वेदकोट नगरपालिका ३ का हिक्मत टमटा रहेको प्रहरीले जनाएको छ।

उनीहरु समान्य उपचारपछि घर फर्किसकेको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस