सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवाह भएको तीन दिनसम्म शौचालय जान नपाउँने अनौठो चलन!

२०७६ फाल्गुन ७, ०८:१५ खबर संवाददाता

संसारमा बिभिन्न परम्परा र रितिरिवाजहरु छन्। जुन कुरा सुन्दा नै हामीलाई अचम्म लाग्दछ। इण्डोनशियाको टिडन्ग नामक आदिवासी समुदायमा ववाह गरेको तीन दिनसम्म गरेपछि ट्वाइलेट नै जान नपाइने विचित्रको परम्परा छ। उक्त समुदायमा विवाह गरेको तीन दिनसम्म बेहुला बेहुलीलाई शौचालय जाने अनुमति छैन।

विवाहपछि नयाँ दुलाहा दुलहीले ट्वाइलेट नै बार्नुपर्ने यो संस्कारका पछाडि केही कारणहरु छन्। विावहको तीनन दिनसम्म यदि बेहुला बेहुलीले घरको ट्वाइलेट प्रयोग गरेमा भाग्य बिग्रिने र बिहे धेरै नटिक्ने, कुनै अप्रिय घटना हुने वा कसैको मृत्यु हुन्छ भन्ने धारणा छ। ट्वाइलेट जान नपाउने भएपछि नयाँ बेहुला बेहुलीलाई विवाहको तीन दिनसम्म खानेकुरा पनि कम दिइन्छ। तिन दिनपछि यो परम्परा पूरा भएसँगै बेहुला बेहुलीले नुहाइधुवाइ गर्दछन् र आफ्नो नयाँ जिन्दगीको शुरुवात गर्दछन्।

उक्त समुदायमा अर्को परम्परा पनि छ। जबसम्म बेहुलाले आफ्नी बेहुलीका लागि गीत गाउँदैन तबसम्म उसले बेहुलीलाई हेर्न पाउँदैन। त्यस्तै युवतीहरु आफ्नो विवाह पक्का भएसँगै विवाह नटुंगिउन्जेल आफ्नो बुवाआमाको घरबाट बाहिर निस्कन पाउँदैनन्। यदि विवहमा जन्ति तोकिएको समयभन्दा ढिलो आएमा बेहुला पक्षले बेहुली पक्षलाई जरिवाना तिर्नुपर्दछ। एजेन्सी 

कमेन्ट लोड गर्नुस