सेनाले कैलालीमा विपद् प्रतिकार्य तालिम दिदै
कैलालीको हसुलियामा सामुदायिक विपद् प्रतिकार्य तालिम शनिबारदेखि सुरु भएको छ। कैलारी गाउ“पालिका र नेपाली सेना श्री नम्बर २ विपद् व्यवस्थापन गण चितवन तथा काली रक्षा गण बढैपुरको आयोजनामा तालिम सुरु भएको हो।
गाउ“पालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाले तालिमको उद्घाटन गरिन्। तालिम उद्घाटनको अवसरमा वडा नम्बर ३ का वडा अध्यक्ष कैलाश चौधरीसहित गाउ“पालिकाका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो। चार दिनसम्म सञ्चालन हुने तालिममा गाउ“पालिकास्तरीय खोज तथा उद्धारकर्ता र प्रतिकार्य दलका सदस्यहरु सहभागी रहेका छन्।
प्रतिकार्य दलका सदस्य र स्वयम् सेवकहरुको क्षमता अभिवृद्धि गर्ने तथा पूर्व तयारी गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको गाउ“पालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए। तालिमको सहजीकरण नेपाली सेनाको वीरेन्द्र पुनको कमाण्डमा आएको टोलीले गरिरहेको जनाइएको छ।