सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मिल्स बेरी मन्टेश्वरीको छैठौ बार्षिकोत्सव सम्पन्न

२०७६ फाल्गुन ३, ११:०७

धनगढी उप–महानगरपालिका वडा नम्बर ५ हसनपुरमा रहेको मिल्स बेरी मन्टेश्वरी स्कूलको छैठौ बार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ। 

कार्यक्रममा धनगढी उप–महानगरपालिका शिक्षा शाखा अधिकृत महादेव जोशी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा पूर्व मेयर खेमराज पाण्डे, ऐश्वर्य बहुमुखी क्याम्पस प्रमुख धर्मदेव भट्ट, नाष्ट कलेजका प्रमुख शिवहरी मुडभरी शर्मा, कैलाली बहुमुखी क्याम्पसका विएस डब्लु कोडनेटर मानबहादुर जोरा, समाजसेवी शिवकुमार फुलारा, समाजसेवी कृष्णराज पन्त लगायतले विद्यालयको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

विद्यालयका संस्थापक सुनिता पडालको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक क्षेत्रमा योगदान पुर्याएका ऐश्वर्य बहुमुखी क्याम्पस प्रमुख धर्मदेव भट्ट र दुष्टि फाउण्डेशनका अध्यक्ष कल्पना भट्टलाई सम्मान गरिएको प्रिसिन्पल सुजित शर्माले बताए।

 कार्यक्रमको संचालन शिक्षिका टिका कुव“र बोगटी, मनिशा जोशी, नेत्रा भण्डारीले गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका मन्जु चन्दले गरेकी थिइन्। छैठौ बार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रममा विद्यार्थीले बनाएका सबै विज्ञान प्राविधि, चित्रकला र नृत्य प्रस्तुत गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस