साइपालको पीडा (कविता)
भक्त बहादुर बलायर
साइपालका राम वोहरा दुखेसो पोक्दछन ।
यसै भए साइपालमा कति दुःख भोग्दछन ।।
रात दिन चिन्ता लाग्छ के खाने हो भनि ।
मान्छे त भोकले आतुर गोठका गोरु पनि ।।
यसपाली कति हो हिउँ डाडाँकाडाँ टम्म ।
चारैतिर हिउँ हिउँ घरको ढोका सम्म ।।
मंसिर है माघ सम्म सात चोटी प¥यो ।
गाईगोरु मानिस भित्रै गर्न सम्म ग¥यो ।।
सकियो भित्रको अन्न सिस्नु आलु सिद्धि ।
गाईगोरु वाखरा भोकै खरपराल रित्ति ।।
खेतीको उब्जेको अन्न पुग्दैन दुई महिना ।
दिनतिक काँ पाउनु भात भात खानु सैना ।।
सडक पुगेको छैन साइपालका वडा ।
धुली, काया, न्यूना काँडा दुःख आयो कडा ।।
बलौडी, अगेरा गाँउमा वाटो पुग्ने कैले ।
मान्छे पशु सवैलाई खानु चाहियो यैले ।।
मैसिर हिउँ परेपछि अन्न आया छैन ।
किनी खाने परिवारले किन्न पाया छैन ।।
सात चोट हिउँ पडयो मंसिर देखि माघ ।
दुःखै मात्र लेख्या रै छ धन्य हाम्रा भाग ।।
खच्चड भेडा मान्छेवाट खाधान्न ल्याउँथ्ये ।
दोकान खाधान्न आउँदा सवैले पाउँथ्ये ।।
वाटो घाटो वन्द भयो हिउँले ढाकेको ।
नभित्र खानाकी गेडो नवाली पाकेको ।।
सिस्नु आलु कन्दमूल फर्सी काँक्रा मूला ।
सकिए खाएर सबै आगो निभ्यो चूला ।।
के खानु केइछैन भित्र न त वाहिर वन ।
खान नपाई मर्नु प¥यो कति रुन्छ मन ।।
भितर मुल्मुली रुना गोठ गाई कराउने ।
वुढा आमा बाबु खोक्दा मननै डराउने ।।
चिसोले वालक वुढा महिला विमारी ।
मलम लगाउने को छ हामरा पिडामी ।।
को हो हाम्रो रक्षा गर्ने रोग भोक पाल्ने ।
कैले पुग्छ अन्न पानी कैले चुलो वाल्ने ।।
अन्त त सरकार भोग विपदमा पाल्दछ ।
हेलिकोप्टर घुमाएर ठाउँ ठाउँमा फाल्दछ ।।
सरकार पाल्ला रोग भोग वाँच्ने हक देला ।
विपद आपत टारी हाम्रा दुःख लेला ।।
हेलिकेप्टर आउँछ भनि आकाशमा तक्दा छांै ।
प्रतिनिधि आउँछन भनि दोवाटो पख्दा छौं ।।
काँ गयो जनताको सरकार जनप्रतिनिधि ।
खवर पाएन हो कि हिउँ यत्रो विधि ।।
भोक भोकै गाउँमा जनता मर्न लाग्दा पनि ।
कैले आउने गाउँमा नेता अन्न ल्यायांै भनि ।।
वाटो छैन मान्छे हिड्ने खच्चर भेडा काहै ।
हेलिकेप्टर कोले ल्याउने बजार टाढा याँहै ।।
मनाउनु कसरी वालक गोठ वाच्छा गाई ।
सवै दुःख हटाँउछु भन्थे नेता घर आई ।।
पर्दैन देउता पुज्न धर्म अफिम भन्थ्ये ।
हाम्रा फोटो राख भनि आपैm देउता बन्थ्ये ।।
हाम्रा पूर्खा देउता पुज्थ्ये प्रकृति बचाउँथ्ये ।
हराभरा प्रकृतिलाई राम्ररी सजाउँथ्ये ।।
हाम्रो बझाङ धार्मिक थलो देव पिठ भूमि ।
देउता देवीको वास यसै ठाउँमा रमि ।।
ग्रामिण देउताको थलो केदार– देउलीकोट ।
चिरासैन चिर दुर्गा नौविस तल्लीकोट ।।
रामडी मष्टो किम्डाल मष्टो खापर पुजारी गाउँ ।
वालवुढा जप्दै वस्थ्ये ग्राम्य देवको नाउँ ।।
कालाढुंगा तामाखानी जलपादेवी देवल ।
जनताको भरोसा आसा अव देउता केबल ।।
पूर्वजभैm देवताका भर बाच्नु पर्ने भयो ।
प्रतिनिधि हेर्लान भन्ने हाम्रो विश्वास गयो ।।
ग्रामीण देउताकै भर हाम्ले वाच्नु प¥यो ।
वाल् वृद्घको हालदेखि साह्रै मन ड¥यो ।।
तेडी देउ धनजीर देउ सिल्का वाडा थलि ।
मालिङ्ग चौघारी राबली पुजा हुन्छ वलि ।।
कालदेउ गडीगाउँ भगवतीको पूजा ।
जाँत हुन्छ पुजाआजा फहराई ध्वजा ।।
सिल्का वाडा धामीलेक कालदेउ गडीगाउँ ।
बझाङ देवको भूमि पुण्य धाम ठाउँ ।।
ढडार मष्टो वान्नि मष्टो खप्तड खापर ।
लाङा देउ लायातोला तपोवन आगर ।।
खापरका जगन्नाथ हाम्रो रक्षा गर ।
रोगभोग वचाएर हाम्रो भण्डार भर ।।
कति राम्रो हाम्रो बझाङ पर्यटक रम्ने ।
कस्तुरी घोरल मृग डाडाँकाडाँ घुम्ने ।।
जैतुनका वनै भरि तमाम रुख छन ।
उपयोग नभएर हामरा दुःख छन ।।
जैतुनको खेती गरि तेलपारी विक्रि ।
को हेर्ने हामरा दुःख कस्ले लिने फ्रिक्रि ।।
वनभरि जडिवुटी फलपूmल फल्ने ।
अपार सम्पदा धनि हामी भोकै मर्ने ।।
अव हामी आपैm लाग्छौ आफ्नो ठाउँ वनाउँछौं ।
गाउँ वनाउन विकास गर्न सवैलाई मनाउँछौं ।।