धनगढीको क्याम्पस चोकमा सडक अवरुद्ध
धनगढी : हुलाकी राजमार्ग अन्तरगत धनगढीको क्याम्पस चोकमा सडक अवरुद्ध पारिएको छ। आन्दोलनरथ थरुहट÷थारुवान राष्ट्रिय मोर्चाले दिउसो १ बजेदेखि सडक अवरुद्ध पारेको हो। यद्यपी जिल्ला प्रहरी कार्यालय कैलालीले भने सडक अवरुद्ध पारेपनि बैकल्पिक सडक भएर आवतजावत सुचारु भएको जनाएको छ।
रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ हुनुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति र गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा १ गतेदेखि आन्दोलनमा छ।
मोर्चाका संयोजक लक्ष्मण थारु आमरण अनसनमा छन्। अहिले क्याम्पस चोकमै विरोध सभा समेत चलिरहेको छ।