सुदूर नेपाललाई विश्वसँग जोड्दै

जाजरकोटमा जन्मियो दुईवटा टाउको भएको बच्चा

२०७६ फाल्गुन २, ०९:४५ खबर संवाददाता

जाजरकोटमा अनौठो बच्चा जन्मिएको छ। जिल्लाको बारेकोट गाउँपालिका ७ स्यालाका मालबहादुर बस्नेतकी श्रीमती दुर्गा बस्नेतले दुईवटा टाउको भएको छोरी जन्माएकी हुन्। अनौठो बच्चा जन्मिएपछि स्वास्थ्यकर्मीसमेत अचम्ममा परेका छन्।

दोस्रो सन्तानको रुपमा जन्मिएकी उनको तौल ३ दशमलव २५ केजी रहेको छ। यस्तो जन्मलाई स्वास्थ्यकर्मीले एअनासेफाली भन्दछन्। घरमा बच्चा जन्मिन नसकेपछि बारेकोट ८ सक्लास्थित स्वास्थ्य चौकी र्पुयाइएको थियो।

स्वास्थ्यकर्मीको सहयोगमा बुधबार जन्मिएको बच्चाको अवस्था सामान्य रहेको र दुध चुसिरहेको स्वास्थ्यकर्मी खिमराज हमालले जानकारी दिए। उनले टिउमर जस्तो ठुलो डल्लो टाउकोमा जोडिएको बताए। थप उपचारका लागी सुविधा सम्पन्न अस्पताल लैजान रिफर गरेपनि आर्थिक अभावका कारण घर फर्काएर लगेको स्वास्थ्य सहायक हमालले बताए।

बस्नेत परिवारले आर्थिक सहयोग गरिदिन अपिल गरेका छन्। बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले पारिवारिक अवस्था हेरेर गाउँपालिकाले उपचारका लागि आवश्यक सहयोग गर्न सक्ने बताए।
 

कमेन्ट लोड गर्नुस