सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैष्णव परिषद् राष्ट्रिय महाधिवेशन धनगढीमा हुँदै

२०७६ माघ २९, ०८:२३ खबर संवाददाता

वैष्णव परिषद् नेपालको १२ औँ राष्ट्रिय महाधिवेशन भोलीदेखि धनगढीमा हुने भएको छ। सोही अवसरमा वैष्णव परिषद् नेपालको भगिनी संस्था वैष्णव महिला परिषद्को दोश्रो महाधिवेशन पनि हुने आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिईएको छ।

झण्डै १० लाख साधारण सदस्य रहेको उक्त संस्थाको अधिवेशनमा देश विदेशबाट धर्माचार्य, सन्त महन्त लगायतको सहभागीता रहने संस्थाका अध्यक्ष १००८ स्वामी देवराज आचार्यले जानकारी दिए।

भोली प्रदेश प्रमुख शर्मिला पन्तले महाधिवेशनको उद्धघाटन गर्ने कार्यक्रम रहेको छ भने २ र ३ गते परिषद्को बन्द सत्र हुने छ। 

कमेन्ट लोड गर्नुस