सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली : पूर्वपश्चिम राजमार्गमा घाईते भेटिएका एक जनाको मृत्यु

२०७६ माघ २८, ०७:०८ खबर संवाददाता

पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलाली खण्डमा घाईते अवस्थामा फेला परेका एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्की र चिसापानीको बिचमा राजमार्गमै घाईते फेला परेका अन्दाजी ५० बर्षिय पुरुषको मृत्यु भएको हो।

कोहलपुर मेडिकल कलेजले उनलाई मृत घोषित गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले मृतकको सनाखत हुन नसकेको बताए।

‘राजमार्गमै घाईते अवस्थामा फेला परेपछि विहान उपचारका लागि कोहलपुर लगिएको थियो। शरिरमा धेरै चोटपटक देखिएकाले गाडीले ठक्कर दिएको हुन सक्छ। हामी घटनाको अनुसन्धान गरिरहेका छौँ।’ प्रहरी नायव उपरिक्षक बस्नेतले भने।
 

कमेन्ट लोड गर्नुस