६ गोलिया सहित कैलालीमा एक जना नियन्त्रणमा
कैलाली: कैलालीमा ६ सालको गोलिया सहित एक जना पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ५ सरैयाका हरिप्रसाद चौधरीलाई सालको गोलियासहित वन डिभिजन कार्यालय पहलमानपुरले नियन्त्रणमा लिएको हो।
डिभिजन प्रमुख कृष्ण भट्टका अनुसार काठसहित सरैयाका हरिप्रसाद चौधरीलाई उनको घरबाटै नियन्त्रणमा लिइएको छ।
उनका साथबाट केहि चिरान गरेका काठ समेत बरामद गरिएको डिभिजन प्रमुख भट्टले जानकारी दिए। अभियुक्तलाई आवश्यक कार्यवाहीका लागि धनगढी ल्याइएको छ।