सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा गम्भीर घाइते बालकको हेलिकोप्टरद्वारा उद्वार

२०७६ माघ २७, ०६:५८ प्रकाश सिंह

बाजुरा: बाजुराको बडीमालिका नगरपालिका– ८ मावली घरको छतबाट खसेर गम्भीर घाइते भएका एक बालकको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

हिमाली गाउँपालिका–६ रुगिन घर भएका २ वर्षीय बालक कृष्टन पाण्डे छतबाट खसेर गम्भीर घाइते भएपछि उपचारका लागी जिल्ला अस्पताल बाजुरामा ल्याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ।

श्वासप्रश्वासमा समस्या आएपछि उपचार सम्भव नभएकाले थप उपचारका लागि उनीलाई जिल्ला बाहिर पठाइएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताएका छन्। 

सुदूरपश्चिम प्रदेश सरकारको सहयोग र जिल्ला प्रशासन कार्यालय बाजुराको पहलमा नेपाली सेनाको हेलिकोप्टरमार्फत घाइते बालकलाई नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए। 

पछिल्लो समयमा सुदूरपश्चिम प्रदेश सरकारले अघि सारेको हवाई सेवा उद्धार कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस