सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडी क्याम्पसका विद्यार्थीद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

२०७६ माघ २७, ०६:१५ खबर संवाददाता

धनगढी: कैलालीको घोडाघोडी बहुमुखी क्यम्पसका विद्यार्थीहरुले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन्। घोडाघोडी नगरपालिका– १ लक्ष्मीपुरका स्थानीय क्यान्सर पीडित मोहनबिर टमटालाई विद्यार्थीहरुले आर्थिक सहयोग गरेका हुन्। 

नेपाल विद्यार्थी संघ इकाई सचिव भरतकुमार शाहीका अनुसार नेविसंघको अगुवाईमा विद्यार्थीहरुबाट ७ हजार ४ सय ४६ रुपैँया संकलन भएको थियो। 

पीडित टमट्टालाई नेविसंघका नेताहरुले क्याम्पस प्रमुख बिनोदकुमार खड्का मार्फत रकम हस्तान्तरण गरेका छन्। नेपाल विद्यार्थी संघ, घोडाघोडी बहुमुखी क्याम्पस इकाई कमिटीका सभापती नारायण आचार्य, उपसभापती दिपेन्द्रबहादुर ढुङ्गाल, सचिव भरत कुमार शाही, कोषाध्यक्ष बिन्द्रा कुमारी जैशी, सदस्य मनिष गिरी लगायतले विद्यार्थीबाट आर्थिक संकलन गरेका हुन्। 

आर्थिक अवस्था कमजोर भएका पीडित टमटाको अहिले बीपि कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचार हुँदैछ।

 

कमेन्ट लोड गर्नुस