सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहनापुल–अत्तरिया ६ लेन सडकमा पर्ने पुलको डिजाईन स्वीकृत

२०७६ माघ २३, ०४:१४ कमल सावद

धनगढी : मोहनापुल–अत्तरिया ६ लेन सडकमा पर्ने पुल निर्माणका लागि डिजाईन स्वीकृत भएको छ। मोहनापुल अत्तरिया ६ लेन सडक योजना कार्यालय धनगढीका अनुसार सडक विभागको पुल महाशाखाले सडकमा पर्ने तीन मध्ये दुई पुलको डिजाईन स्वीकृत गरेको हो।

मोहना नदीको पुलका बारमो अझै छलफल गर्नुपर्ने देखिएपछि गेटास्थित मनहरा पुल र सुनि खोलामा निर्माण गरिने पुलका डिजाईन स्वीकृत भएको योजना प्रमुख होमबहादुर एसीले बताए। डिजाईन स्वीकृत भएसंगै अव पुल निार्मणका लागि ठेक्का प्रक्रियामा जान बाटो खुलेको उनले बताए।

परामर्शदाता कम्पनीले निर्माण गरेको तीन वटा पुलको डिजाईनलाई सडक विभागले अध्ययनमै बढि समय खर्च गरेका कारण ढिलो गरी मात्र स्वीकृती पाईएको हो। २०७४ जेठमा ६ लेन सडक निर्माण कार्य सुरु भए पनि त्यसमा पर्ने तीन वटा पुलको भने डिजाईन समेत बनेको थिएन्।

मोहना पुलदेखि बोराडाँडीसम्मको ४ दशमलव ५ किलोमिटर सडक शर्मा–अमर–नागार्जुन जेभी, बोराडाँडीदेखि गेटाको आरपी फ्लोर मिलसम्मको ४ दशमलव ५ किलोमिटर सडक लामा–राजेन्द्र–डाँफे जेभी र फ्लोर मिलदेखि अत्तरिया बजारसम्मको ५ दशमलव १९ किलोमिटर सडकलाई पनि लामा–राजेन्द्र–डाँफे जेभीले निर्माणले ठेक्का पाएको थियो।

मोहनापुल–अत्तरिया ६ लेन सडकमा पर्ने तीन पुलको डिपिआर अझै तयार भएन

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस