सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा थप एक जनाको मृत्यु

२०७६ माघ १८, ०३:५४ खबर संवाददाता

कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ८ स्थित भित्रि सडकमा पर्ने जोनापुरमा मोटरसाइकल दुर्घटनामा हुँदा जिल्लाको कैलारी गाउपालिकां ५ बस्ने २७ बर्षिया पंकज चौधरीको मृत्यु भएको हो।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर विष्टका अनुसार शुक्रवार राति साढे १ बजेतिर स्याउलेबाट धनगढी तर्फ जाँदै गरेको मोटरसाईकल दुर्घटना हुँदा चालक चौधरीको मृत्यु भएको हो।

चौधरी एक्लै सवार सुप प्र ०१–००८ प १२८३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको उनले बताए। यसअघि गयराती १२ बजे नै छुट्टै दुर्घटनामा परि कैलालीमै एक जनाको मृत्यु भएको थियो।

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर ६ मा से २ प १८५० नम्वरको मोटरसाईकल दुर्घटना हुँदा स्थानीय २२ बर्षीय मायाराम चौधरीको मृत्यु भएको थियो। 
 

कमेन्ट लोड गर्नुस