सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग सुचारु, स्ववीयू सभापति सहित ५ जना पक्राउ

२०७६ माघ १८, ०२:४१ खबर संवाददाता

कैलालीमा गाडीको ठक्करबाट युवकको मृत्यु भएको भन्दै विहानैदेखि अवरुद्ध पारिएको पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर ६ मा से २ प १८५० नम्वरको मोटरसाईकल दुर्घटना हुँदा स्थानीय २२ बर्षीय मायाराम चौधरीको मृत्यु भएकोमा स्थानीयले गाडीले ठक्कर दिएर उनको मृत्यु भएको भन्दै राजमार्गमा अवरुद्ध पारेका थिए।

प्रहरीले घटनाको अनुसन्धान गर्ने बताएपछि केही बेर अगाडी मात्रै राजमार्ग सुचारु भएको हो। प्रहरीले राजमार्ग अवरुद्ध पार्ने ५ जनालाई नियन्त्रणमा समेत लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले लम्की बहुमुखी क्याम्पसका स्ववीयू सभापति ललित जैशी सहित ५ जनालाई नियन्त्रणमा लिएको बताए।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा राखिएको छ। स्थानीयले गाडीको ठक्करबाट चौधरीको मृत्यु भएको दावी गरेपनि प्रहरीले भने मोटरसाईकल आँफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक चौधरीको घटनास्थलमै मृत्यु भएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस