प्रेस स्वतन्त्रता विपरीत ल्याईएको विद्येयक नसच्याए आन्दोलनमा जाने महासंघको चेतावनी
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले प्रेस स्वतन्त्रता विपरीत ल्याईएको विद्येयक नसच्याए आन्दोलनमा जाने चेतावनी दिईएको छ। महासंघले आज प्रेस विज्ञप्ती जारी गर्दै सुदूरपश्चिम सरकारले प्रदेशसभामा टेबुल गरेको रेडियो, एफएम तथा टेलिभिजन व्यवस्थापन गर्न बनेको विद्येयक नसच्याए आन्दोलनको चेतावनी दिईएको हो।
पत्रकार महासंघ सुदूरपश्चिम समितिका महासचिव योगेश रावलद्धारा हस्ताक्षरीत विज्ञीप्तीमा भनिएको छ, ‘सुदूरपश्चिम सरकारले प्रदेशसभामा दर्ता गराएको रेडियो, एफएम तथा टेलिभिजन व्यवस्थापन सम्बन्धी विद्येयक भित्रका केही प्रावधानप्रती नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटिको गम्भीर ध्यानाकषर्ण भएको छ।’
विद्येयकमा रहेको मिडिया बोर्ड गठन, सदस्यीय संरचना, कार्यक्रम उत्पादन तथा प्रशारण सम्बन्धीका प्रावधान र सजायको व्यवस्थाप्रती गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक मर्म र भावना विपरीतका प्रावधान सच्याउन माग गरिएको छ।
‘संविधानको मूल मर्म, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास, अन्तराष्ट्रिय मान्यता विपरीत हुने प्रावधान नसच्याइए महासंघ कडा आन्दोलनमा जान बाध्य हुने व्यहोरा अवगत गराउन चाचहान्छौँ।’ विज्ञप्ती भनिएको छ।