सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीवैष्णव परिषद् कैलालीको नयाँ समिती गठन

२०७६ माघ १६, १०:१७ खबर संवाददाता

कैलाली : श्रीवैष्णव परिषद् जिल्ला शाखा कैलाली अन्तरगत मूल परिषद्, युवा परिषद र महिला परिषदको नयाँ कार्यसमिती गठन भएको छ। 

पुरानो समितीको कार्यकाल सकिसकेकाले विहिबार श्री १ हजार ८ स्वामी देवराज आर्चायकोे सभापतिमा बसेको सयुक्त बैठकले नयाँ कार्यसमिती गठन गरेको हो।  

नवठगठित समितीको अध्यक्षमा रघुनाथ भट्टराई चयन भएका छन। त्यस्तै उपाध्यक्षमा माधव चौधरी, सचिवमा माधव निरौला, सह–सचिवमा कमलनयन चौधरी, कोषाध्यक्षमा दिव्यराज लम्साल रहेका छन्। त्यस्तै केशव पौडेल, गोविन्द धानुक, सीता अधिकारी लगायतका सदस्य गरी ११ सदस्यीय समिती  गठन भएको छ। 
 

कमेन्ट लोड गर्नुस