धनगढीमा पनि मनाईयो सहिद दिवस
धनगढी: धनगढीमा पनि सहिद दिवस मनाईएको छ। धनगढी उप–महानगरपालिकाले सहिद दिवशको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको हो। सो अवसरमा धनगढी उप–महानगरपालिकाकी उप–प्रमुख सुशीला मिश्रले अहिले सहिदलाई सम्झेर काम गर्नुपर्ने बताएकी छिन्। सहिदको भावना अनुसार देश अगाडी बढ्न नसकेको भन्दै उप–प्रमुख भट्टले चिन्ता ब्यक्त गरिन्।
धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिद प्रति सम्मान घट्दै जानु दुर्भाग्य भएको बताए।
वीर शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संर्घषमय बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाको योगदानमा सहिद दिवस मनाउन थालिएको हो।