धनगढीमा पक्राउ परेका वडा अध्यक्ष सहितका १६ जुवाडेलाई प्रशासनमा पेश गरिदै
धनगढीमा २२ लाख ८२ हजार नगद सहित पक्राउ परेका १६ जना जुवाडेलाई भोली जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने तयारी गरिएको छ। गत माघ १३ गते राती धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का तिलक अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका १६ जनालाई नै भोली जिल्ला प्रशासन कार्यालय पेश गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले पक्राउ परेका गोदावरी नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष समेत रहेका २८ बर्षीय रबिन्द्र शाही सहितका १६ जनालाई नै भोली प्रशासन कार्यालयमा पेश गर्ने तयारी भईरहेको जानकारी दिए।
उनका अनुसार पक्राउ परेका कञ्चनपुर भीमदत्त नगरपालिका ३ का ३४ बर्षीय धिरेन्द्र चन्द, वेलौरी नगरपालिका १ बस्ने ३४ बर्षीय भुवन कुवँर, धनगढी उपमहानगरपालिका ३ बस्ने ३८ बर्षीय तिलक अधिकारी, वडा नम्वर १३ बस्ने बर्ष ३४ का रमेश खड्का, वडा नम्वर ४ बस्ने बर्ष ३५ का खेमराज भट्ट, वडा नम्वर २ बस्ने बर्ष ४१ क जनक दौल्याल, गोदावरी नगरपालिका १० बस्ने बर्ष २८ का सन्देष तामाङ, गोदावरी नगरपालिका ३ बस्ने बर्ष ३८ का मोहन खड्का,
बैतडी दशरथचन्द नगरपालिका ८ बस्ने बर्ष ३१ का अमित गुरु, बझाङ जयपृथ्बी नगरपालिका १० बस्ने बर्ष ३५ का प्रेम बहादुर सिंह, बैतडी दशरथचन्द नगरपालिका ४ बस्ने बर्ष ३० का सुर्य भट्ट, पुर्चौडी नगरपालिका ८ बस्ने बर्ष ५० का कालुसिंह धामी,
धनगढी उपमहानगरपालिका ३ बस्ने बर्ष ३७ का चन्द्रमणि अधिकारी, जिल्ला दार्चुला नौगाड गाउँपालिका ४ बस्ने बर्ष ३३ का जयसिंह धामी र महाकाली नगरपालिका ४ बस्ने बर्ष ३८ का मंगल ठगुन्नालाई प्रशासन पेश गरिन लागेको हो।
प्रहरीले उनीहरु विरुद्ध जुवा कसुर अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ। ऐनमा पहिलो पटक भए ३ महिना कैद वा ३० हजार जरिवाना, दोश्रो पटक भए एक बर्ष कैद र ५० हजार हजार जरिवाना गर्ने व्यवस्था रहेको छ।