धनगढीमा व्यापार अन्तक्रिया कार्यक्रम सम्पन्न
धनगढीमा व्यापार सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। धनगढी ईन्जीनियरीङ्ग कलेज (नाष्ट) को आयोजनामा भएको कार्यक्रममा व्यवस्थापन संकायका विद्यार्थीहरु र व्यापारीहरुबिच अन्तक्रिया भएको छ।
कार्यक्रममा धनगढी उप–महानगरपालिकाकी उपमेयर सुशिला मिश्र भट्टले देशमा व्यवसायीक समृद्धी कायम नहुँदा सम्म आर्थिक समृद्धी सम्भव हुन नसक्ने बताईन्। आर्थिक विकासका लागि उप–महानगरपालिकाले पनि विभिन्न कार्ययोजना अघि सारेको बताउदै उनले सबै रोजगार भए मात्रै आर्थिक समृद्धि सम्भव हुनेमा जोड दिईन्।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य तथा सुन्दर सुदूरपश्चिमका अभियान्ता गोपाल हमालले व्यवसाय अगाडी बढाउन निरन्तरतामा जोड दिनुपर्ने बताए। ‘व्यवसाय गर्ने व्यक्तिले निरन्तर संघर्ष गर्ने क्षमता राख्नुपर्छ, उनले भने, ‘उद्यमशिलता विना समाज र देशको समृद्धी सम्भव हुँदैन्।’
कार्यक्रमका नाष्ट कलेजका प्रार्चाय शिवहरी मुडभरीले आर्थिक समृद्धीका लागि व्यवसायीक क्षेत्रले फड्को मार्नुपर्नेमा जोड दिए। उनले अहिले व्यवस्थापन तथा व्यवसायीक शिक्षा पढीरहेका विद्यार्थीहरुले त्यसलाई जिवनमा लागु गर्नुपर्ने बताए। कार्यक्रमका एफईसी क्लबका अध्यक्ष देवराज कडेलेको अध्यक्षतामा सम्पन्न भएको हो।