सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैंकलाई तीन सय थान कपडा दान

२०७६ माघ १५, ०६:४६ खबर संवाददाता

धनगढी: धनगढीको कपडा बैंकलाई तीन सय थान कपडा दान गरिएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई एक हप्ताको अवधिमा तीनसय थान कपडा दान गरिएको हो। 

कपडा बैंकलाई धनगढीका स्थानीय सुरेन्द्र भट्ट, भुपेन्द्र श्रेष्ठ, अनुप भट्ट, वाटु विष्ट, राजकुमारी शाही, गंगा रावल, भक्ति उपाध्याय, महेश्वरी बम, दिनेश कटेज, सेखमनिर अहमद र हेवेन्स गार्डन स्कुलले कपडा दान गरेको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्। 

कमेन्ट लोड गर्नुस