दार्चुलाका तिंकर नाका सञ्चालनको बिषयले प्रवेश पाउँने
प्रधानमन्त्री केपी शर्मा ओलीको असार ५ गते हुने चीन भ्रमणको क्रममा दार्चुलाको त्रिदेशीय नाका सञ्चालनको बिषयले समेत प्रवेश पाउने भएको छ। परराष्ट्र श्रोतका अनुसार खाद्यान्न ढुवानीका लागि बझाङको उरिपासमा दुई र दार्चुलाको तिंकरमा दुई नाका उपयोगमा ल्याइने विषयले चिन भ्रमणमा प्रवेश पाउने भएको हो।
दार्चुलाको तिकंर नाका सञ्चालन गर्नको लागी केहि समय पहिले प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्ना नेतृत्वको टोलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाएका थियो। भ्रमणको एजेण्डामा रहेको तिंकर नाकालाई सञ्चालन गर्न दार्चुला उद्योग वाणिज्य संघले पनि माग गरेको छ।