अत्तरिया जेसिज वर्ष २०२० को अध्यक्षमा अधिकारी
अत्तरिया,कैलाली : अत्तरिया जेसिज वर्ष २०२० को अध्यक्षमा प्रमोद अधिकारी निर्वाचित भएका छन्। शनिबार सम्पन्न अत्तरिया जेसीजको आठौं शाखा अधिवेशनवाट अधिकारी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन्।
यस्तै कार्यकारणी उपाध्यक्षमा जगतराम महरा र प्रकाश मल्ल निर्वाचित भएका छन्। उपाध्यक्षहरुमा रविन्द्र खनाल , प्रदिप खड्का , लोकेन्द्र भाट र डण्डीराज जोशी निर्वाचित भएका छन्।
महासचिवमा हर्कबहादुर कडायत, कोषाध्यक्षमा भगवती साउँद, कानुनी सल्लाहाकारमा पदमराज ओझा, अध्यक्ष सल्लाहकार प्रेरणा पाण्डे मनोनित भएका छन्। बाकिँ पद भने मनोनित गर्न बाँकि रहेको छ।