पत्रकार धानुकद्वारा जन्म दिनको अवसरमा बिरामीलाई फलफूल वितरण
पत्रकार नवराज धानुकले जन्म दिनको अवसरमा बिरामीलाई फलफूल वितरण गरेका छन्। धानुकले आज परेको जन्म दिनको अवसरमा सेती प्रादेशिक अस्पताल पुगेर बिरामीलाई फलफूल वितरण गरेका हुन्।
धानुकले शिघ्र स्वास्थ्य लाभको कामना सहित अस्पतालको इमर्जेन्सी वार्ड, सर्जिकल वार्ड र मेडिकल वार्डमा रहेका ३५ जना बिरामीहरुलाई फलफुल वितरण गरे।
मनवताको नाताले जन्म दिनको अवसरमा अस्पतालमा उपचार गराईरहेका वृद्ध तथा असहाय बिरामीलाई सहयोग गरिएको धानुकले बताए। धानुक धनगढीको क्यापीटल लाईभ मिडियाका सञ्चालक समेत हुन।