शिक्षामन्त्री पोखरेलद्धारा कैलालीमा विद्यालयको भवन उद्घाटन
शिक्षामन्त्री गिरिराजमणी पोखरेलले कैलालीमा विद्यालयको भवन उद्घाटन गरेका छन्। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ मा निर्माण भएको सुदूर पश्चिम समावेशी आधारभुत विद्यालयको भवन उनले उद्घाटन गरेका हुन्।
शुक्रबार साझ एक कार्यक्रमका बिच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले अपागमैत्री नवनिर्मित आठ कोठे भवनकाे उद्घाटन गरेका हुन्। ८३ लाखको लागतमा निर्माण भएको विद्यालयको नयाँ भवनमा फरक क्षमता भएका वालबालीकाका लागि आवस्यक पर्ने सबै सुविधाहरु छन्।
६० जना विद्यार्थी सो विद्यालयमा अध्यान गर्दै आएका छन्। सुदूरपश्चिम सहित जुम्ला र हुम्लाका फरक क्षमता भएका बालबालीका सो विद्यालयमा अध्यान गर्दै आएका छन्। यस्तै मन्त्री पोखरेलललाई १० बुँदे ज्ञापन पत्र पनि बुझाइएको विद्यालयले जनाएको छ।