कैलालीको गौरीगंगामा माघ महोत्सव, होमस्टेको उद्घाटन
कैलाली: कैलालीको गौरीगंगामा होमस्टेको उद्घाटन गरिएको छ। गौरीगंगाको कमैया गाउँमा थारु होमस्टे उद्घाटन भएको हो।
१२ घरमा होमस्टेको उद्घाटनँंगै प्रर्वद्वन गर्न गौरीगंगा नगरपालिका वडा नम्बर ८ लिक्मामा महोत्सव पनि शुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने माघ महोत्सवमा थारु परिकारसंगै साँस्कृतिक प्रर्दशनी पनि रहेको आयोजकले बताएको छ। महोत्सवको गौरीगंगा नगरपालिकाका प्रमुख भिमबहादुर देउवाले उद्घाटन गरेका छन्।
बडैपुर खेल मैदानमा सञ्चालन भएको महोत्सव थारु होमस्टे गाउँ कमैया पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हिरालाल चौधरीको सभापतित्वमा आयोजना भएको हो। महोत्सवमा थारु खानपानका स्टल, थारु भाषा, कला, संस्कृति, परम्परागत नृत्यका साथमा थारु कलाकारहरूको प्रस्तुति रहने छ।
विपन्न वर्गको जिवनस्तर उकास्न, जलवायु अनुकूल गाउँ रहेकोे तथा एकै जातिको बसोबास रहेको यस गाउँलाई छनोट गरेर होमस्टेको रुपमा विकास गर्न जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीयको पहल रहेको संयोजक चौधरीले बताए।