सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिवशंकर आधारभूत विद्यालयको वार्षिकोत्सव सम्पन्न

२०७६ माघ १०, ०७:५३ खबर संवाददाता

धनगढी: धनगढी उप–महानगरपालिका– १४ मा रहेको शिवशंकर आधारभूत विद्यालयको २०औं बार्षिको उत्सव तथा अभिभावक दिवश शुक्रबार सम्पन्न भएको छ।

वार्षिको उत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न खेल तथा सांस्कृतीक नृत्यहरु प्रस्तुत गरेका थिए। यसैगरी विद्यालयको स्थापना कालदेखि विभिन्न क्षेत्रबाट योगदान पु¥याएका ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो। 

वार्षिकोउत्सव कार्यक्रममा  बोल्दै धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले विद्यालयको पढाईमा सुधार ल्याउनका लागि अभिभावकहरुको भूमिका महत्वपूर्ण हुने बताए। ‘शिक्षकहरुले मात्रै चाहेर विद्यालयको पढाई गुणस्तरमा सुधार नहुन सक्छ’ नगरप्रमुख वडले भने, ‘त्यसैले अभिभावकहरुले पनि विद्यालयमा समय दिनुपर्छ।’

धनगढी उप–महानगरपालिकाले नगरका विद्यालयलाई पूर्वाधार सम्पन्न बनाउँदै लगिएको नगरप्रमुख वडले बताए। उनले भने, ‘धनगढी उप–महानगरपालिका भित्रका ७ वटा विद्यालयमा प्राविधीक शिक्षाको पठनपाठन समेत सुरु गरिएको छ।’ शिक्षा क्षेत्रमा सुधार नआएसम्म अन्य क्षेत्रको सुधार आउन नसक्ने भएकाले आफु शिक्षामा सुधार गर्न लागि परेको उनले बताए।

वार्षिकोत्सव कार्यक्रममा सुदूरपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालयका पूर्व निर्देशक नन्दराज पन्तलाई सम्मान गरिएको थियो। कार्यक्रममा पूर्व निर्देशक पन्त, वडा नं १४ का अध्यक्ष राम बजारी चौधरी, नगरकार्यपालिका सदस्य प्रेमबहादुर बिक, पत्रकार कृत बिष्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कमेन्ट लोड गर्नुस