नयाँ युवा नयाँ सोच कैलालीको अध्यक्षमा रावत
नयाँ युवा नयाँ सोच कैलालीको अध्यक्षमा दिपा रावत चयन भएकी छिन्। उनको अध्यक्षतामा कैलालीमा पहिलो पटक नयाँ युवा नयाँ सोच गठन गरिएको हो। उक्त सस्थाको उपाध्यक्षमा प्रिन्सिका सिंह, सचिवमा ओमप्रकास अवस्थी, सह–सचिवमा रेनुका वोहरा र कोषाध्यक्षमा मनिश कुँवर चयन भएका छन्।
धनगढीमा कानून विषय अध्ययन गरिरहेका विद्यार्थीहरुको उक्त समितिले दुई सदनको संसदिय वहसको अभ्यास गराउने समितिकी अध्यक्ष रावतले बताईन्। ‘यो संगै वादविवाद, निवन्ध प्रतियोगिताहरु समेत आयोजना गर्ने छौँ,’ उनले भनिन्, ‘उक्त समितिमा अहिले २० जना सदस्य राखिएको छ।
जसमध्ये सक्रिय ६ जनालाई समितिमा राखिनेछ।’ अहिले धनगढीको त्रिनगर र क्रीसियन्ट सिटीमा कानून विषय अध्यापन हुदै आएको छ।