सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको पञ्चोदय माविको ५४ औँ वार्षिकोत्सव सम्पन्न

२०७६ माघ १०, ०६:४४ खबर संवाददाता

धनगढीको पञ्चोदय माध्यामिक विद्यालयको ५४ औँ वार्षिकोत्सव सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर ओडले विद्यालय क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए।

उनले हरेक सामुदायिक विद्यालयले साधन स्रोत जुटाएर प्राविधिक शिक्षातर्फ लाग्नुपर्ने बताए। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य समेत रहेका वडा नम्बर ५ का वडा सदस्य भुमिराज जोशीको अध्यक्षतामा सम्पन्न भएको हो।

समापन कार्यक्रममा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, पुरस्कार वितरण र वार्षिक आयव्यय प्रस्तुत गरिएको विद्यालय प्रधानाध्यापक हरिश ओझाले बताए। विद्यालय विस २०२२ सालमा स्थापना भएको थियो।

कमेन्ट लोड गर्नुस