जन्मदिनको अवसरमा एसपिए क्याम्पसका विद्यार्थीद्वारा दृष्टि फाउण्डेसनलाई सहयोग
धनगढी: जन्मदिनको अवसरमा एसपिए क्यम्पसका विद्यार्थीद्वारा दृष्टि फाउण्डेशनलाई सहयोग गरेका छन्। क्यम्पसको स्नातक तह पहिलो वर्षमा अध्ययनरत नेविसंघका नेता समेत रहेका नारायण पेला‘नरेश’ले जन्मदिनको अवसरमा फाउण्डेसनलाई गरेका हुन।
सडक मानवलाई आश्रय दिईरहेको दृष्टि फाउण्डेशनलाई उनले खाद्यान्न र सरसफाइका समाग्री सहयोग गरेका छन्।
जन्मदिनको अवसरमा धेरै पैसा खर्चगरि तडकभडक र पार्टी गर्नुभन्दा क्याम्पसका साथीभाई मिलेर फाउण्डेसनलाई सहयोग गरेको पेलाले बताए।