सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वडा कार्यालयद्वारा जेष्ठ नागरिकलाई रेडियो वितरण

२०७६ माघ ९, ०५:०३ खबर संवाददाता

कैलाली: कैलालीमा वडा कार्यालयले जेष्ठ नागरिकलाई रेडियो वितरण गरेको छ। जिल्लाको लम्की–चुहा नगरपालिका वडा नम्बर ३ को कार्यालयले एक सय ५० जना जेष्ठ नागरिकलाई रेडियो वितरण गरेको हो। 

वडा कार्यालयले चालु आर्थिक वर्ष २०७६/०७७ को ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तरगत रेडियो वितरण गरेको हो। ज्येष्ठ नागरिकको सम्मानका लागि वडा कार्यालयले एक लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

सूचना तथा मनोरञ्जनको पहिलो आमसंचार माध्यम रेडियो भएको भन्दै रेडियो वितरण गरिएको वडा अध्यक्ष भक्तबहादुर चलाउनेले बताए। रेडियो सुनेर ज्येष्ठ आमाबुबाहरुले मनोरञ्जन, सूचना प्राप्त गर्न सक्ने र उनीहरुलाई समय बेतित गर्न सहज हुने उनले बताए। 

कार्यक्रममा वडा सचिव राजेन्द्र चौधरी, स्थानीय वुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो।  

कमेन्ट लोड गर्नुस