सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश सभा दिवसको अवसरमा कर्मचारीलाई सम्मान

२०७६ माघ ७, ०६:५७ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सभा दिवसको अवसरमा कर्मचारीलाई सम्मान गरिएको छ। तेस्रो प्रदेश सभा दिवसको अवसरमा नौ जना कर्मचारीलाई सम्मान गरिएको हो।

सुदूरपश्चिम प्रदेश सभा स्थापनादेखि प्रदेश सभा सचिवालयको कार्यसम्पादनमा महत्वपुर्ण भूमिका खेलेका कर्मचारीहरुलाई सम्मान गरिएको हो। शाखा अधिकृत सिद्धराज चटौत, नरेन्द्रबहादुर पाल, अधिकृत युवराज जैशी, केशबराज जोशी, भुरिप्रकाश जोशी, कार्यालय सहयोगिहरु भिमबहादुर कँुवर, रामबहादुर खत्री, हर्कबहादुर बोगटी र रामदत्त भट्टलाई सम्मान गरिएको हो। प्रदेश प्रमुख शर्मिला पन्त र सभामुख अर्जुनबहादुर थापाले उनीहरुलाई सम्मान पत्र हस्तान्तरण गरे।

तेस्रो प्रदेश सभा दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सभा सचिवालयले शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेको थियो। कार्याक्रममा उप–सभामुख निर्मला बडाल जोशी, आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा, नेपाल कम्यूनिष्ट पार्टीका प्रमुख सचेतक तारालामा तामाङ, नेपाली कांग्रेसका संसदीय दलका नेता डाक्टर रणबहादुर रावल र प्रतिपक्ष दल राष्ट्रिय जनता पार्टी (राजपा) का कृष्णबहादुर चौधरीले शुभकामना मन्तव्य राखेका थिए।

कमेन्ट लोड गर्नुस