पत्रकार चौधरी र शुक्लाफाँटाका संरक्षण अधिकृत पौड्याललाई प्रकृती संरक्षण पुरस्कार
कैलालीका पत्रकार अविनाश चौधरीले प्रकृती संरक्षण पुरस्कार पाउने भएका छन्। गोरखापत्र र पश्चिम टुडे दैनिकमा कार्यरत चौधरीलाई प्रकृती संरक्षण पुरस्कार प्रदान गरिने भएको हो।
उनीसंग शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्याललाई पनि पुरस्कार प्रदान गरिनेछ। वन तथा वन्यजन्तु र पर्यावरण संरक्षणमा योगदान पु¥याएको कदर गर्दै प्रकृतिका साथीहरु नामक संस्थाले दुवै जनालाई पुरस्कार प्रदान गर्न लागेको हो।
स्याङ्जाको राङभाङमा आयोजना हुने नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवको क्रममा पुरस्कार प्रदान गरिनेछ। माघ २४ र २५ गते लाटोकोसेरो तथा हुलिच उत्सव हुँदैछ। पत्रकार चौधरीले धनगढीबाट वन तथा वन्यजन्तु संरक्षणको क्षेत्रमा कलम चलाउँदै आएका छन्।
विगत २८ वर्षदेखि संरक्षणमा क्रियाशील पौड्याल पनि विभिन्न स्थान मार्फत संरक्षणका गतिविधिमा सहभागी छन्।