सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनेरास्ववीयु कैलालीको संयोजकमा बडेला र सह–संयोजकमा जोशी

२०७६ माघ ६, ०७:४० खबर संवाददाता

अनेरास्ववीयु कैलालीको संयोजकमा कुमार बडेला सर्वसम्मत चयन भएका छन्। तत्कालीन एमाले र माओवादी बिच भएको एकिकरणपछि काठमाडौँमा बसेको अनेरास्ववीयुको पहिलो पूर्ण बैठकले बडेलालाई कैलालीको संयोजकमा सर्वसम्मत चयन गरेको हो।

बडेला तत्कालीन एमालेको विद्यार्थी संगठन अनेरास्ववीयुका जिल्ला अध्यक्ष थिए। यस्तै सह–संयोजकमा समिर जोशी चयन भएका छन्। जोशी पनि सर्वसम्मत चयन भएका हुन्। यसैगरी सुदूरपश्चिमका अन्य जिल्लाका संयोजक र सहसंयोजकको पनि टुङ्गो लागेको छ।

कञ्चनपुरमा तत्कालीन अनेरास्वीयु क्रान्तिकारीका वीरेन्द्रराज विष्ट संयोजक र अनेरास्ववीयुका ओम बस्नेत सहसंयोजक चयन भएका छन्। बाजुरामा संयोजकमा राजिव रोकाया र सह–संयोजक पारस बुढा, डोटीमा संयोजक डबल बोहरा र सहसंयोजक गणेश बम,बझाङमा संयोजकको जिम्मेवारी प्रविन्द्र धामी र सह–संयोजकको जिम्मेवारी देविजंग बहादुर सिंहले पाएका छन्।

यसैगरी दार्चुलाको संयोजकमा आनसिङ बडाल र सहसंयोजक राजेन्द्र डांगा, अछाममा संयोजक ध्रुव रावल र सहसंयोजक निरक शाही, डडेल्धुरामा संयोजक सन्तोश भट्ट र सहसंयोजक पुष्कर देउवा र बैतडीको संयोजकमा गोविन्दबहादुर माल र सहसंयोजक सन्तोश राना सर्वसम्मत भएको अनेरास्ववीयुले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ। 

 

कमेन्ट लोड गर्नुस