धनगढीको कपडा बैंकलाई चार सय २० थान कपडा दान
धनगढी: धनगढीको कपडा बैंकलाई चार सय २० थान कपडा दान गरिएको छ। उप–महानगरपालिका वडा नम्बर ४ शिवपुरीमा रहेको कपडा बैंकलाई एक हप्ताको अवधीमा चार सय २० थान कपडा दान गरिएको हो।
धनगढी चौराहामा रहेको हेबेन्स मन्टेश्वरी एण्ड चिल्ड्रन हाउस, हसनपुरमा रहेको पञ्चोदय माध्यामिक विद्यालयसंगै धनगढीकै स्थानीय बसन्ती भण्डारी, पदम देउवा, खेमराज जोशी, प्रेमदत्त भट्ट, महादेव विक, पार्वती कार्की, लक्ष्मी अधिकारी र कमला शाहले कपडा दान गरेका हुन्।