डोटीमा जीप दुर्घटना, ६ जना घाइते
२०७६ माघ ५, ०६:२३
डोटी: डोटीमा जीप दुर्घटना भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिकाको कुलपातेमा रहेको नेपाली सेनाको पृतना नजिकै आज दिउँसो चिप्लीएर से १ ज ८६६ नम्बरको जीप दुर्घटना हुदा छ जना घाईते भएको प्रहरीले जनाएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाईतेको अवस्था खतरामुक्त रहेको छ। प्रहरीले जीप र चालक डोटीको बोगटानफुडसिल गाउँपालिका ६ का २२ वर्षीय गणेश चन्दलाई नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस