साहित्यकार प्रभातको जन्मदिनमा १५ लाखको प्रकाशन कोष स्थापना
धनगढी: साहित्यकार पमदराज जोशी प्रभातको ६१औँ जन्मदिनको अवसरमा १५ लाखको प्रकाशन कोष स्थापना गरिएको छ। साहित्यकार प्रभातका भाईहरु नवराज जोशी र बसन्तराज जोशी तथा भतिजा एकेन्द्र जोशी लगायतका परिवारका सदस्यबाट १५ लाखको ‘पद्म प्रभात प्रकाशन कोष’ स्थापना भएको हो।
जन्मदिनको अवसरमा जोशीले धनगढीमा आफन्त, साहित्यकार तथा पत्रकारहरुलाई भेला गर्दै कोषको बारेमा जानकारी दिएका हुन्। भेलामा उनले कोषको रकमा वृद्धि गर्दै लगिने बताइएका छन्। कोषलाई प्रतिष्ठानमा रुपान्तरण गर्ने लक्ष्य राखिएको जाेशीले बताए।
कोष परिचालनका लागि प्रध्यापक डिल्लीराज फुलारा संयोजक रहनेगरि पाँच सदस्यीय परिचालन समिति गठन समेत गठन गरिको छ। समितिको सह–संयोजकमा हरिलाल गिरी, सचिवमा नन्दकृष्ण जोशी, कोषाध्यक्षमा ज्ञानुराज जोशी र सदस्यमा सत्यराज जोशी चयन भएका छन्।