धनगढी जेसिजका पदाधिकारीको पदस्थापन
धनगढी– धनगढी जेसिजका पदाधिकारीको पदस्थापन र पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ। जेसिजको ३७ औँ शाखा अधिवेनबाट निर्वाचित अध्यक्ष लगायतका कार्यसमितिका पदाधिकारीको बिहिवार पदस्थापन र पदभार ग्रहण कार्यक्रम भएको हो।
अधिवेशनबाट निर्वाचित धनगढी जेसिज वर्ष २०२० का अध्यक्ष श्याम पाठक, कार्यकारी उपाध्यक्ष रोशन भट्ट र सत्यराज जोशी, महासचिव कलेन्द्र शाही, कानुनी सल्लाहकार शुभ ठाकुर, कोषाध्यक्ष विनोद थापा तथा उपाध्यक्षहरु तर्कराज भट्ट, आशिष शाह, दीप रावत र मनिष कुँवरले पदभार ग्रहण गरेका हुन्।